विदेश जान लागेका १०३ महिलालाई विमानस्थलबाट फर्काइयो

विदेश जान लागेका १०३ महिलालाई विमानस्थलबाट फर्काइयो

नक्कली कागज बनाएर भिजिट भिसामा खाडी मुलुक जान लागेका एक सय ९७ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका छन् । विमानस्थल सुरक्षा कार्यालयले उनीहरुको कागजात शंकास्पद देखिएकाले फर्काएको बताएको छ ।

कार्यालयले गत बुधबारदेखि हिजोसम्म खाडी मुलुक जान लागेका एक सय तीन जना महिला र ९४ पुरुष गरी जम्मा एक सय ९७ जना यात्रुलाई फर्काएको हो । कागजात शंकास्पद देखिएकाले थप अनुसन्धानको निम्ति नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलमा बुझाइएको छ ।

टिप्पणीहरू