जुधे स्कुटर र मोटरसाइकल,बिते प्रहरी हवल्दार

जुधे स्कुटर र मोटरसाइकल,बिते प्रहरी हवल्दार

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ मा स्कुटर र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् । स्कुटर चालकको मृत्यु भएको छ ।

स्कुटर चालक काठमाडौँकै शंकरापुर नगरपालिका–५ पालुबारीका ३५ वर्षीय प्रहरी हवल्दार बालकुमार कटुवाल रहेका छन् । उनी प्रहरी प्रभाग साँखुमा कार्यरत थिए । कटुवालको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा गए राति नै मृत्यु भएको बताइएको छ ।

उनीसँगै स्कुटरको पछाडि बस्ने जोरपाटीका ३१ वर्षीय सुरेश राई र मोटरसाइकल चालक भक्तपुरका सुमन श्रेष्ठको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । मोटरसाइकल पछाडि बसेका भक्तपुरकै २० वर्षीय रोजित गाइजुको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू