एमालेले समानुपातिकमा परिसकेकालाई फेरि उठाउन बल नगर्ने

एमालेले समानुपातिकमा परिसकेकालाई फेरि उठाउन बल नगर्ने

पार्टीलाई मनोवैज्ञानिक रुपमा एकतावध्द बनाउने प्रणसहित एमाले केन्द्रीय कमिटीको बैठक सकिएको छ । ललितपुर महानगरपालिका वडा नं ०९ च्यासलस्थित तुल्सिलाल स्मृति प्रतिस्ठानको सभा हलमा भर्खरै सम्पन्न बैठक निर्वाचन केन्द्रित रहेकोे उपमहासचिव पृथ्वीसुब्बा गुरुङ्गले बताए ।

अध्यक्ष केपी ओलीद्वारा प्रस्तुत राजनैतिक प्रतिवेदनमाथि ११ समूहमा छलफल गराई सुझाव बटुलिएको छ भने केन्द्रीय सल्लाहकार परिषद गठन र आगामी आमचुनावका निम्ति उम्मेदवार सिफारिस गर्न जिल्ला कमिटीहरुलाई निर्देशन दिइएको छ ।

कम्तिमा एक तिहाई महिला उम्मेदवार सहित भदौ २२ मा उम्मेदवारी सिफारिस गरिसक्नुपर्ने छ । टिकट दिँदा यसअघि समानुपातिकमा अवसर नपाएका लाई प्राथमिकता दिइने र पराजित भएकालाई जनाधारका आधारमा मात्र रोजिने पार्टी नीति तय भएको गुरुङ्गले बताए ।

टिप्पणीहरू