कोरोनाभन्दा खतरनाक रोग विश्वमा फैलिसकेको छ

कोरोनाभन्दा खतरनाक रोग विश्वमा फैलिसकेको छ

कोभिड–१९ (नोबल कोरोना भाइरस) संक्रमणबाट ३ लाख ७१ हजार १ सय ६६ जनाको ज्यान गैसकेको छ । जेठ १९ को साँझसम्मको रेकर्डमा यो भाइरसबाट विश्वभरिमा ६० लाख ५७ हजार ८ सय ५३ जना संक्रमित भैसकेका छन् ।

सबैभन्दा बढी अमेरिकी महादेशमा २८ लाख १७ हजार २ सय् ३२ जना, युरोपमा २१ लाख ५९ हजार ७ सय् १ जना, पूर्बी भुमध्यसागरिय क्षेत्रमा ५ लाख २० हजार १ सय् ३७ जना, दक्षिणपूर्बी एशियामा २ लाख ७२ हजार ५ सय् १२ जना, पश्चिमी प्यासिफिकमा १ लाख ६३ हजार १ सय् ९८ जना र सबैभन्दा कम अफ्रीकी महादेशमा १ लाख ४ हजार २ सय् ४२ जना संक्रमित भैसकेका छन् ।

अमेरिकी महादेशमा संक्रमित २८ लाखमा १७ लाख ३४ हजार ४० जना संयुक्त राज्य अमेरिका एउटैको संख्या हो । त्यहाँ १ लाख ४ हजारले ज्यान गुमाइसकेका छन् ।

कोरोनाले बढी ज्यान लिइसकेको दोश्रो मुलुक हो ब्रिटेन, त्यहाँ ३८ हजारको ज्यान गैसकेको छ । त्यसपछी इटाली, ब्राजिल र फ्रान्सको स्थान छ । छिमेकी मुलुक भारतमा दुई लाख जना संक्रमित बनिसकेका छन् भने साढे ५ हजारको ज्यान गइसकेको छ । नेपालमा पनि संक्रमितको संख्या दिनानुदिन बढ्दैछ र ८ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यसो त कोरोना आजसम्मको सबैभन्दा खतरनाक ज्यानमारा भाइरस साबित भैसकेको छैन । इतिहास पल्टाएर हेर्दा यो भन्दा पनि खतरनाक सरुवा रोगहरू वश्वमा फैलिसकेको देखिन्छ । पछिल्लो आंकडा हेर्ने हो भने सन् १३४६ मा अहिलेको कोरोनाजस्तै एउटा सरुवा रोग एशियाबाटै फैलिएको थियो । कालो मुसाबाट संक्रमण फैलिएको भनिएको यो रोग विश्वभरि फैलियो । र सन् १३५३ अर्थात ७ वर्षभित्रमा यसले २० करोड मानिसको ज्यान लिएको थियो । त्यस्तै सन् १९१८ मा मात्रै स्पेनिस फ्लु भन्ने सरुवा रोग फैलियो । विशेषतः जर्मनी, बेलायत, अमेरिका र फ्रान्समा फैलिएको थियो । एच–१ एन–१ नामक यो भाइरसले १५ महिना सतायो र ५ करोड जनता यसबाट संक्रमित भए र मरे ।

सन् १९७६ मा अफ्रिकी मुलुक कंगोबाट विश्वभरि एउटा रोग फैलियो । रोगसंग लड्ने क्षमता न्यून पार्दै लाने र अन्त्यमा मृत्युको मुखमा पुर्‍याउने एचआइभी भाइरसबाट हुने यो रोग पछि एड्सको नाउँले प्रख्यात भयो । तर करिब २५ वर्षसम्म यसले भयानक रूप लिन सकेन । सन् २००५ पछि भने यो अफ्रिकाभरि फैलियो । असुरक्षित यौन सम्पर्क र रगतबाट सर्ने यो भाइरसले युरोप, एशिया, अमेरिका कसैलाई बाँकी राखेन । सन् २०१२ सम्म महामारिकै रूपमा फैलियो । यो रोगबाट आजसम्ममा करिब ३ करोड ५० लाख मानिसको ज्यान गइसकेको छ ।

आजभन्दा १ हजार ५ सय् वर्षअघि भुमध्यसागरीय क्षेत्रमा अर्को एउटा सरुवा रोग फैलिएको थियो । फोहर पानी जहाज र फोहर बन्दरगाहबाट फैलिएको यो एकखाले प्लेग रोग थियो । खासगरी युरोपमा फैलिएको कारण यो सरुवा रोगलाई रोमन सम्राट जस्टिनियनको नाउँ दिइयो । यो जस्टिनियन प्लेगले त्यो बेलाको युरोपको आधा जनसंख्या अर्थात २ करोड ५० लाखको ज्यान लिएको थियो । यो रोग सन् ५४१ र ५४२ को वरपर फैलिएको थियो । यो भन्दा अघी पनि त्यो बेला युरोपमा । सन् १६५ तिर । आन्टोनिन प्लेग नाउँ दिइएको यो रोगले पनि ५० लाख मानिसको ज्यान लिएको थियो ।

सन् १९५७ मा सिंगापूरमा एउटा अनौठो सरुवा रोग देखापर्‍यो । पछी हंगकंगमा र अमेरिकाको समुद्री तटमा समेत फैलियो । बैज्ञानिकहरूले एच(२ एन(२ भाइरसको कारण यो रोग फैलिएको ठहर गरे । यो एशियन फ्लुले पनि २० लाखको ज्यान लियो । अमेरिकामा मात्र १ लाख १६ हजारलाई मृत्युको मुखमा पुर्‍यायो । त्यस्तै सन् १८८९(१८९० मा रुसी साम्राज्यबाट उत्तरी गोलार्धसम्म फैलिन पुगेको फ्लुले १० लाख, सन् १९६८ मा फैलिएको अर्को हंगकंग फ्लुबाट थप १० लाख, सन् १९५२ फैलिएको हैजाबाट १० लाख । फेरि सन् १९१० र १९११ मा भारतमा फैलिएको हैजाबाट पनि ८ लाखको ज्यान लिएको थियो । यो पछी मध्यपूर्ब, उत्तरी अफृका, पूर्बी युरोप, र रुससम्म फैलिएको थियो ।

टिप्पणीहरू