एमाले नेताहरुलाई बस्ने कुर्सी खै !

एमाले नेताहरुलाई बस्ने कुर्सी खै !

एमाले केन्द्रीय समितिको बैठक हिजोदेखि राजधानीमा शुरु भएको छ । बैठकस्थलको व्यवस्थापनलाई लिएर नेता तथा कार्यकर्ताले अनेकौं टिका टिप्पणी गरेका छन् ।

बैठकमा नेतृत्वले प्रस्तुत गर्ने नागरिकता विधेयकसम्बन्धी औपचारिक धारणालाई धेरैले उत्सुकतापूर्वक हेरेको बताइन्छ । हिजो बाँडिएको प्रतिवेदनमा नागरिकता विधेयकबारे ठीकै लेखिएको उनीहरुको बुझाइ छ । नेताहरुले बाहिर जे भन्दै हिँडे पनि प्रतिवेदनमा लेखिएको आधारमा विधेयकबारे खासै खोट लगाउन नमिल्ने एक जना सहभागीले बताए ।

तर, केन्द्रीय समितिका सदस्यहरुले आफूहरु सर्वोच्च नेतृत्वकोबबैठकमा भन्दा पनि कार्यकर्ता भेलामा आएको जस्तो अनुभव गरेका छन् । बैठक कक्षमा सबै जना बस्न पुग्नेगरी कुर्सी नराखिएको र व्यवस्थापन भद्रगोल रहेको उनीहरुको टिप्पणी छ ।

हिजोको बैठकमा मार्सी उर्फ दुर्गा प्रसाईंलगायत सबैजसोले हाजिरी जनाएका थिए । तर, हाजिरीपछि धेरैजसो बाहिरिएकाले बैठकमा बस्न कुर्सी पुग्यो । एकता प्रक्रियाबाट आएका भनिएकाहरुलाई पनि हिजै शपथ ग्रहण गराइयो भने केहीलाई इञ्चार्जको जिम्मेवारी दिइएको छ ।

टिप्पणीहरू