राजपरिवारका अङ्गरक्षकहरु अहिले कता छन् ?

राजपरिवारका अङ्गरक्षकहरु अहिले कता छन् ?

राष्ट्रसंघको मुख्यालयमा करोडौं आम्दानी हुनेगरी दुई वर्षको लागि जान ठिक्क परेका खत्रीलाई राजा ज्ञानेन्द्रले उता नजाउ बाबु, मेरो एडीसीमा बस’ भनिदिएपछि चाँजोपाँजो बिग्रियो । त्यसपछि सेनापति छत्रमान गुरुङ्गले खाली ठाउँ हुँदा पनि विभिन्न बहानामा बढुवा दिएनन् । सोही कारण पूर्णचन्द्रपछि चिफ हुने लाइनमा बसेका खत्रीलाई सदाको लागि ठण्डाराम बनाइदिए । अहिले उनैको ब्याचका प्रभुराम शर्मा अर्को भदौपछि चिफको लाइनमा छन् भने अरु सबै सेवानिवृत्त भइसके ।

तत्कालीन युवराज दिपेन्द्रका अंगरक्षक राजु कार्की हाल बेलायत बस्छन् । प्रधान सेनापति निवास शशिभवन नजिकै झम्सीखेलस्थित ६ आनाको घरजग्गा हालै नौ करोड पचास लाखमा बेचेर सपरिवार उतै पलायन भएका छन् । हत्याकाण्डको पर्सिपल्ट जेठ २१ गते आइतबार अमेरिका उड्न ठिक्क परेका कार्की १९ गते साँझको विभत्स हत्याकाण्डपछि सदाको निम्ति यतै रोकिएका थिए । जागिर गएपछि बेलायत भासिएका हुन् ।

दिपेन्द्रका अर्का अंगरक्षक गजेन्द्र बोहोरा भैंसेपाटीस्थित विनायक कोलोनीमा बस्छन् । नेपाल प्रहरीका पूर्व महानिरीक्षक मोतीलाल बोहोराका छोरा उनी चिफ हुने लाइनमा थिए । दरबार हत्याकाण्डपछि जागिर गयो र व्यापारतिर रमाउन थाले । पछिल्ला दिनमा उनी विदेशबाट सामान मगाई सप्लाई गर्ने काममा समेत राम्रैसँग भिजेका छन् ।

पूर्व अधिराजकुमार निराजनका अंगरक्षक मधुकर कार्की हाल अमेरिकास्थित नेपाली दूतावासमा सैनिक सहचारी छन् । उनी पनि सरसर्ती हेर्दा भविष्यको चिफको लाइनमा छन् । लोकमानसिंह कार्कीको  नजिकका नातेदार र ०२८ सालमा जन्मेका कार्की लेफ्टिनेण्ट छँदै पजेरो चढ्ने अधिकृतको रुपमा परिचित छन् ।

त्यतिबेला दरबारमा खटिएका रतिन्द्र खत्री यसअघिका चिफ राजेन्द्र खत्रीका भाइ हुन् । उनी पनि चिफ हुने लाइनमा थिए । अहिले विश्व खाद्य कार्यक्रममा छन् । दरबारमा बसेको नाताले आफ्ना समकालीनलाई उछिन्दै छिट्टै माथि पुगेका उनलाई पछि सबैभन्दा बढी घाटा लागेको बताइन्छ ।

राष्ट्रसंघको मुख्यालयमा करोडौं आम्दानी हुनेगरी दुई वर्षको लागि जान ठिक्क परेका खत्रीलाई राजा ज्ञानेन्द्रले ‘उता नजाउ बाबु,मेरो एडीसीमा बस’ भनिदिएपछि चाँजोपाँजो बिग्रियो । त्यसपछि सेनापति छत्रमान गुरुङ्गले खाली ठाउँ हुँदा”पनि विभिन्न बहानामा बढुवा दिएनन् । सोही कारण पूर्णचन्द्रपछि चिफ हुने लाइनमा बसेका खत्रीलाई सदाको लागि ठण्डाराम बनाइदिए । अहिले उनैको ब्याचका प्रभुराम शर्मा अर्को भदौपछि चिफको लाइनमा छन् भने अरु सबै सेवानिवृत्त भइसके ।

उता,राजा वीरेन्द्रका अंगरक्षक सुन्दरप्रताप राना ‘दरबारको दुःखान्त’ किताब लेखेर बसेका छन् । भक्तपुर सिपाडोलका उनी सूर्यविनायक चोकमा नयाँ घर बनाएर बसेका छन् । केही समयअघि ग्रुप फोर सेक्युरिटी कम्पनीमा अपरेशन अफिसरको रुपमा कार्यरत थिए ।

सेनामा आठ वर्ष भन्दा बढी प्रमुख सेनानीमा कार्यरत हुन नपाइने व्यवस्था छ । तर सोह्र वर्षसम्म प्रमुख सेनानी बनेका नन्दबक्स गण (कसरा,चितवन) का चक्र शाहलाई छत्रमान गुरूङ्गले नसोचेको गुन लगाइदिए । मुमा बडामहारानी रत्नको सेवामा कार्यरत छँदाको अवधिलाई गणना नहुनेगरी निर्णय गरिदिएर छत्रमानले तोकिएको भन्दा बढी समयसम्म प्रमुख सेनानीमा कार्यरत हुने बाटो खुलाइ दिएका थिए । उनी हालै मात्र सेवानिवृत्त भएका छन् । उनी पनि त्यो बेला दरबारमा एडीसी थिए ।

राजा वीरेन्द्रका अर्का अंगरक्षक राजाराम बस्नेत भर्खरै मात्र महासेनानी बनेका छन् । भक्तपुरका स्थायी वासिन्दा बस्नेत सेनामा सोझा अधिकृतको रुपमा चिनिन्छन् । तत्कालीन अंगरक्षकहरुमध्ये टिका धमला कलंकीतिर बस्छन् भने गजेन्द्र लिम्बु बागडोलतिर छन् । दरवार हत्याकाण्डपछि जागिरबाट हटाइएका सैनिक सचिव विवेक शाह पनि काठमाडौंमै बसोबास गर्छन् ।

पूर्ण खत्री पनि दिपेन्द्रको अंगरक्षक थिए । हत्याकाण्ड भन्दा केही समयअघि गजेन्द्र लिम्बुहरुको पेलानमा स्थायी अंगरक्षकबाट उनलाई सैनिक मुख्यालय सरुवा हुन बाध्य पारिएको थियो । गुल्मी घर भएका उनी हालै महासेनानीमा बढुवा भएका छन् ।

टिप्पणीहरू