सेनाको बाइकले हान्दा सभामुखकी बुहारी घाइते

सेनाको बाइकले हान्दा सभामुखकी बुहारी घाइते

राजधानीको लैनचौरस्थित भारतीय दूतावासअगाडि र सभामुखकै निवासछेउ मोटरसाइकल जुधेको छ । सैनिक पोशाक लगाएका अपरिचित व्यक्ति र सभामुख अग्निप्रसाद सापकोटाकी कान्छी बुहारी मञ्जु सापकोटा सवार मोटरसाइकल एकआपसमा जुधेको हो ।

लैनचौर चोकतर्फ जाँदै गरेको मञ्जु सवार बा.२ ब ३४२६ र विपरीत दिशाबाट आउँदै गरेको बा.७४ प ४६९८ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।यसक्रममा मञ्जुको निधारको दाहिनेपट्टि चोट लागेको छ भने मोटरसाइकल चालक २४ बर्षका भुवन गिरी पनि घाइते भएका छन् ।

उनीहरुलाई लगत्तै वीर अस्पताल पुर्याइएको छ । यता,मोटरसाइकलबाट लडेकी मन्जुलाई उठाएर सामान्य उद्दार गरी सैनिक पोशाक लगाएका ती व्यक्तिले मैले केही गरेको छैन भन्दै कुलेलम ठोकेका त्यहाँ तैनाथ ट्राफिक प्रहरी जवानले बताए ।

ती सैनिक मोटरसाइकल लिएर कपुरधारातर्फ लागेको बताइएको छ । उनले प्रयोग गरेको पल्सर मोटरसाइकलको विवरण यातायात कार्यालयमा समेत छैन । विवरणविनाका यस्ता सवारी साधनले कथँ कसैलाई यसैगरी हानेर बेपत्ता भए भने सो को जिम्मा कसले लिने ? नेपालको सिस्टम के हो ?भन्ने प्रश्न स्वत : उठेको छ ।

टिप्पणीहरू