भारतका अशोकको मोटरसाइकलबाट लडेर गौरमा प्रणान्त

भारतका अशोकको मोटरसाइकलबाट लडेर गौरमा प्रणान्त

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । गौर नगरपालिका–३ मचकुटियामा बीआर ३० टी ९४८४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ गएराति दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

मृत्यु हुनेमा भारत घर भएका ५० वर्षीय अशोक कुमार हुन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू