निर्वाचन आयोगलाई अदालतसम्म तान्न कस्सिए कमल थापा

निर्वाचन आयोगलाई अदालतसम्म तान्न कस्सिए कमल थापा

निर्वाचन आयोगले चुनाव चिन्ह ‘गाई‘ नदिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अदालत जाने चेतावनी दिएका छन् । थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत निर्वाचन आयोगविरुध्द अदालत जाने बताएका हुन् ।

उनले कानुनअनुसार चुनाव चिन्ह छान्ने अधिकार राजनीतिक दलको भएको बताएका छन् । थापाले पटकपटक ‘गाई‘ चिन्ह अद्यावधिक गर्न दिइएको निवेदनलाई आयोगले उपेक्षा गरेको आरोप लगाए ।

सर्वोच्च अदालतको अन्तरिम आदेशको समेत अवज्ञा गर्नुमा निर्वाचन आयोगको बदनियत देखिएको बताउँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कानुनअनुसार चुनाव चिन्ह छान्ने अधिकार राजनीतिक दलको हो । राप्रपा नेपालले पटकपटक ‘गाई‘ चिन्ह अद्यावधिक गर्न दिएको निवेदनको उपेक्षा गर्नु र सर्वोच्च अदालतको अन्तरिम आदेशको समेत अवज्ञा गर्नुमा निर्वाचन आयोगको बदनियत देखिन्छ । आयोगको स्वेच्छाचारिताविरुद्ध न्यायको निम्ति हामी अदालत जानेछौँ ।‘

टिप्पणीहरू