दशैंलाई साढे ६ करोडको खसी,बोका चाहिएला त !

दशैंलाई साढे ६ करोडको खसी,बोका चाहिएला त !

सरकारले यस वर्षको दशैँका लागि तीन हजार खसी बोका तथा च्याङ्ग्रा ल्याउने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष दुई हजार खसी बोका र एक हजार च्याङ्ग्रा ल्याउने निर्णय गरेको हो ।

लिमिटेडकी सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार खसी बोका तथा च्याङ्ग्रा खरिद तयारी उपसमितिले यसका लागि छ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । उनका अनुसार घटस्थापनाको केही दिनअघि ती खसी बोका तथा च्याङ्ग्रा काठमाडौं आइपुग्ने र घटस्थापनादेखि कम्पनीले बिक्री वितरण शुरु गर्नेछ ।

गत वर्ष प्रतिकेजी छ सय ४० रुपैयाँमा खसी बोका विक्री गरिएको भए पनि यसवर्ष भने भाउ बढाउने तयारी छ ।

टिप्पणीहरू