एमालेलाई लाग्यो चुनावको चटारो,५२ हजार सदस्यको नम्वर दोहोरो

एमालेलाई लाग्यो चुनावको चटारो,५२ हजार सदस्यको नम्वर दोहोरो

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको लागि ललितपुर महानगरपालिका वडा नम्बर ९ च्यासलस्थित नेकपा एमाले केन्द्रीय पार्टी कार्यालयमा बसेको पोलिटब्यूरो बैठक सकिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले चुनावी रणनीति र प्रस्तुत राजनीतिक प्रतिवेदनबारे छलफल गरेको छ । भोलि बस्ने केन्द्रीय कमिटी बैठकको लागि पनि ११ वटा एजेण्डा तयार पारिएको पार्टी प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । बैठकमा अध्यक्ष ओलीको नाममा प्रस्तुत प्रतिवेदनमाथि सामान्य छलफल गरिएको थियो ।

उक्त प्रतिवेदनमा १५ जना पोलिटब्यूरो सदस्यले केही सुझावसहित आफ्नो धारणा व्यक्त गरेका छन् । त्यस्तै,५२ हजार ५५० संगठित सदस्यहरुको नम्बर दोहोरिएकाले त्यसको व्यवस्थापन गर्ने,सल्लाहकार परिषद् र तीन आयोगको प्रतिवेदन पेश गर्ने,प्रवास कमिटीसम्बन्धी नियमावली बनाउने बैठकको एजेण्डा रहेको छ ।

उनका अनुसार भदौ ७ गते बसेको स्थायी कमिटी बैठकबाट मनोनित भएका केन्द्रीय सदस्यहरुको सपथ ग्रहण र कार्यविभाजन गर्ने तयारी पनि छ । स्थानीय तहको निर्वाचनमा प्राप्त उजुरीहरुको बारेमा भोलिको बैठकमा छलफल गरिने जनाइएको छ ।

अहिलेको सत्ता गठबन्धनको गतिविधि,आगामी चुनावको तयारी र रणनीतिबारे कुराकानी भएको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए । त्यसैगरी,स्थानीय निर्वाचनको समीक्षा,सचिवालयले गरेका निर्णयहरुको अनुमोदन,उम्मेदवार छनोट प्रक्रिया र मापदण्ड तयार गर्ने कार्य भोलिको बैठकले गर्नेछ ।

बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य,रामबहादुर थापा, विष्णुप्रसाद पौडेल,सुवासचन्द्र नेम्वाङ,सुरेन्द्रप्रसाद पाण्डे, महासचिव शंकर पोखरेललगायतको उपस्थिति थियो ।

त्यस्तै,उपमहासचिव प्रदीप ज्ञवाली, विष्णुप्रसाद रिमाल,सचिव टोपबहादुर रायमाझी,गोकर्ण विष्ट,योगेश भट्टराई,रघुवीर महासेठ,छविलाल विश्वकर्मा, पद्माकुमारी अर्याल,स्थायी कमिटी सदस्य किरण गुरुङ,लालबाबु पण्डित,खगराज अधिकारी, काशीनाथ अधिकारी,रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ,भानुभक्त ढकालले पनि सहभागिता जनाएका थिए ।

अन्य सहभागीमा अग्निप्रसाद खरेल, डा. राजन भट्टराई,प्रभु साह, कर्णबहादुर थापा,थममाया थापा, डा. शिवमाया तुम्बाहाङफे रहेका छन् । पोलिटब्यूरो सदस्य अरुण नेपाल, परशुराम मेघी गुरुङ,पुरुषोत्तम पौडेल,आनन्दप्रसाद पोखरेल,महेश बस्नेत,कमलप्रसाद चौलागाईं, ईश्वर रिजाल,गोकुलप्रसाद घर्ती मगर, सुजिता शाक्य पनि बैठकमा देखिएका थिए ।

ज्वालाकुमारी साह,मोहन बानियाँ, विशाल भट्टराई,खिमलाल भट्टराई,देवेन्द्र दाहाल,ठाकुरप्रसाद गैरे,रामेश्वर फुँयाल,जुलीकुमारी महतो,शान्ता चौधरी,सूर्य थापा, सुशीला नेपाल,पार्वत गुरुङ पनि सामेल थिए ।

टिप्पणीहरू