सीट मिलाउन दलहरुको बैठक दिनकै दुई चोटि

सीट मिलाउन दलहरुको बैठक दिनकै दुई चोटि

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले सीट बाँडफाँटको विषय मिलाउन पुन: कार्यदलमै फिर्ता पठाएको छ । बैठकले १६५ क्षेत्रकै विस्तृत प्रतिवेदन तयार पार्न कार्यदललाई निर्देशन दिएको हो ।

सिट बाँडफाटका लागि बिहान ९ बजेबाट बसेको गठबन्धनको बैठकले पुन: कार्यदलमै जिम्मेवारी दिने निर्णय गरेको कार्यदलका सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

बैठकमा सिट बाँडफाटबारे कुनै छलफल नभएको उहाँको भनाइ छ । कार्यदलको बैठक आजै ४ बजे फेरि बस्दैछ ।

टिप्पणीहरू