१७ बर्षको उमेरमा जसले तोडे बिश्व रेकर्ड

१७ बर्षको उमेरमा जसले तोडे बिश्व रेकर्ड

आफैले जहाज उडाएर एक्लै विश्व भ्रमण गर्नमा सबैभन्दा कान्छो पाइलटको कीर्तिमान १७ वर्षीय बेल्जियन/ब्रिटिश किशोर म्याक रुदरफोर्डले राखेका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले भर्खरै मान्यता दिएको यो प्रयासमा उनले यस अघिको रेकर्ड तोड्नुको साथै दुईवटा रेकर्ड आफ्नो नाममा राख्न सफल भएका छन् । गिनिजले विमानमा एक्लै संसार परिक्रमा गर्ने र माइक्रोलाइट प्लेनमा संसार घुम्ने सबैभन्दा कान्छो (पुरुष) व्यक्तिको प्रमाणपत्र प्रदान गरेको हो ।

रुदरफोर्डले यस वर्षको मार्च २३ मा बुल्गेरियाको राजधानी सोफियाबाट उडान भरेर करिब २५० घण्टाको उडान समयका साथ ५२ देशको यात्रा पश्चात सोफियामै विमानलाई फिर्ती अवतरण गराएका थिए ।

बुल्गेरियाको कम्पनी ICDSoft ले प्रायोजन गरेको यो उडानको सुरुवात र अन्त्य पनि बुल्गेरियामै भएको हो ।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू