ट्र्याक्टरले पनि गर्नु गर्यो,लिएको लियै छ अमूल्य जीवन

ट्र्याक्टरले पनि गर्नु गर्यो,लिएको लियै छ अमूल्य जीवन

डोटीको ट्र्याक्टर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । बोगटान फुड्सिल गाउँपालिका–७ फुल्लेढुंगामा हिजो साँझ भएको दुर्घटनामा स्थानीय १७ वर्षीय जीवन भुलको घटना स्थलमै मृत्यु भएको हो।

सुदूरपश्चिम प्रदेश ०१ ००२ त ४७७६ नम्बरको बालुवा लोड गरिएको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब १० मीटर तल खसेको थियो । दुर्घटनामा परी एक जना स्थानीय बालक घाइते भएका छन् । घाइते १३ वर्षीय पारश बमको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको बताइएको छ।

टिप्पणीहरू