कोरियन राजदूत लुम्बिनीबाट फिर्ता, सेनाको डफ्फा मालीबाट आगमन

कोरियन राजदूत लुम्बिनीबाट फिर्ता, सेनाको डफ्फा मालीबाट आगमन

संयुक्त राष्ट्रसंघीय शान्ति मिशनका लागि मालीमा तैनाथ नेपाली सेनाको एउटा टोली आज स्वदेश फर्किएको छ । सेनानी दिलबहादुर खड्काकाे कमाण्डमा ७८ जनाको टोली नेपाल एयरलाइन्स आरए -२४५२ नम्बरको उडानबाट अपराह्न काठमाडौँ उत्रिएको हो ।

मिनुस्मा मिशनमा तैनाथ ई.ओ.डि.गुल्म ८ औं डफ्फाको पहिलो फ्लाइटमा उनीहरु काठमाडौँ आइपुगेको नेपाली सेनाले जनाएको छ ।

यता,नेपालका लागि दक्षिण कोरियाली राजदूत चोङ्ग सुक पार्क भैरहवाबाट फर्किएका छन् । श्रीएअरको उडानबाट राजदूतसहित २० जनाको टोली अपराह्न काठमाण्डौ उत्रिएको हो ।

टिप्पणीहरू