हातमा हेरोइन बोकेर कता हिंडेको ?

हातमा हेरोइन बोकेर कता हिंडेको ?

झापामा लागुऔषध खैरो हेरोइनसहित तीन जना समातिएका छन् । हल्दिबारी गाउँपालिका-४ बस्ने ३५ वर्षीय जमिल महमद,बिर्तामोड नगरपालिका-५ बस्ने २५ वर्षीय अर्जुन राजबंशी, भारत बिहार प्रान्त किसनगञ्ज जिल्ला बस्ने २८ वर्षीय जमसेद आलमलाई प्रहरीले हेरोइनसहित पक्राउ गरेको हो ।

शंकास्पद अवस्थामा हिंडिरहेका उनीहरुको शरिर खानतलासी गर्दा ७ ग्राम ९२ मिलिग्राम हेरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुको साथबाट गएराति १० बजे ७९ हजार रुपैयाँ र मे ६ प ५६१९ नम्बरको स्कुटी बरामद भएको छ ।

तीनै जनालाई नियन्त्रणमा लिएर झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू