राम्रा नीतिको निरन्तरता खै त सेनापतिज्यू !

राम्रा नीतिको निरन्तरता खै त सेनापतिज्यू !

• नेपाली सेनामा प्रभुराम शर्मा चिफ भएपछि उल्लेख्य प्रगति र सुधारहरू भएनन् । बरू पुरानै प्रचलनहरू दोहोरिन थाले । पुराना चिफको राम्रो कामहरूलाई निरन्तरता दिन सकेनन् ।

• १ बर्ष बित्नै लाग्यो तर कुनै नौलो कुराहरू भएनन् । पूर्णचन्द्र थापा चिफले अनुशासनमा कसेर राखेका सैनिक सकल दर्जाहरू पुन: सल्बलाउन थाले । यसको ज्वलन्त उदाहरण हो -सैनिक नियमअनुसार तालिममा नपरेका ५ फुल कर्णेलहरूले राजनैतिक शक्ति प्रयोग गरेर २ हप्ता चलिसकेको हायर कमाण्ड एण्ड म्यानेजमेन्ट तालिममा सरिक भई अहिले सहायक रथी दर्जाको फुली लगाउनु ।

• स्टाफ कलेजमा सि (चार्ली) ग्रेडिङ्गले यो तालिममा सहभागी हुन नपाउने नियमलाई राजनैतिक शक्ति प्रयोग गरी लात मार्ने शक्तिशाली कर्णेलहरू हुन् पुरूषोत्तम ढकाल,सुरत रावल, सन्तोष राज,सुनिल घले र मदन बन्जारा ।

“फेरि मनोज सिल्वाल,हेम गिरी,आनसिंह बिष्ट र खेमनारायण पौडेलले पनि धानको बाला कांधमा हाल्न सफल भएका छन् ।”

• उनीहरू रिटायर्ड हुन तयारी अवस्थामा थिए । तर दिन फर्काए । ३ भाइ त जर्नेल पनि बनि सके ।

• अर्को कुरा स्टाफ कलेज गर्न नसकेका बृद्द कर्णेलहरूमध्येबाट बिशिष्ट योग्यता भएकालाई १ % बढुवा गर्ने नियम विपरित फेरि मनोज सिल्वाल,हेम गिरी,आनसिंह बिष्ट र खेमनारायण पौडेलले पनि धानको बाला कांधमा हाल्न सफल भएका छन् । यसभन्दा अगाडिका चिफले तालिम गरेका ज्येष्ठ काबिल फुल कर्णेलहरूलाई पदोन्नति गरेनन् ।

• यी सहायक रथीले कुनै नौलो काम भने गर्न सक्दैनन् । उही आफ्नो जागिर लम्बाउने,पेन्सन बढाउने मात्रै हो ।

• अनुरोध गर्छु -श्रीमान, संस्थाको हित हुने पुराना नीति नियमहरूलाई सकारात्मक रूपमा लिई कडाईका साथ लागु गर्नुहोस् । कहिले के, कहिलेके गर्दा फौजमा अन्योलता छाउँछ, हौसला घट्छ र चाटुकारहरूले चलखेलको मौका पाउँछन् । यस्ता कुराहरूबाट ब्यक्तिलाई फाइदा भएपनि संस्थालाई बेफाइदा पुग्छ ।

बिनित: गम्भिरसिंह मरिक,बैतडी

टिप्पणीहरू