एमाले कार्यकर्ताले नाचगान गर्दै फोहोर उठाउने

एमाले कार्यकर्ताले नाचगान गर्दै फोहोर उठाउने

प्रमुख प्रतिपक्ष नेकपा एमालेको युवा संगठन युवासंघ नेपालले हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजलाई सरसफाई अभियानका रुपमा मनाउने भएको छ ।

संघले भोलि दिउँसो १ बजे सांगीतिक कार्यक्रमसहित काठमाडौँको जडिबुटीदेखि भक्तपुरको गट्ठाघरसम्म अरनिको राजमार्ग छेउछाउ सरसफाई गर्न लागेको हो । जडिबुटी पुलदेखि अरनिको राजमार्गअन्तर्गत ग्रिनबेल्ट तथा सडक सरसफाई गर्दै भक्तपुरको गट्ठाघरस्थित जर्मन होम्समा पुगेर कार्यक्रम समापन हुने संघले जनाएको छ ।

युवासंघले यसअघि पनि काठमाडौँका विभिन्न ठाउँमा थुप्रिएको फोहोर उठाएको थियो ।

टिप्पणीहरू