माओवादी युवा सङ्गठन वाईसीएलको जम्बो टोलीले खायो शपथ

माओवादी युवा सङ्गठन वाईसीएलको जम्बो टोलीले खायो शपथ

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को युवा सङ्गठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) ले आफ्ना पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण सम्पन्न गरेको छ ।

पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ खुवाएका हुन् । तीन दिनसम्म चलेको दोस्रो राष्ट्रिय भेलाले सुबोध सेर्पालीको अध्यक्षतामा ६१ जना पदाधिकारी र ३ सय ५१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको हो ।चुनाव नजिकिँदै गरेको र आकाङ्क्षी पनि धेरै भएकाले वाईसीएलको विधान नै संशोधन गरेर पदाधिकारी तथा केन्द्रीय समितिको सङ्ख्या थपिएको बताइएको छ। जबकि विधानमा ३५ पदाधिकारी र १ सय ९९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था थियो ।

वाईसीएलमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष,६ जना उपाध्यक्ष,महासचिव, ६ जना उपमहासचिव, ४५ सचिव र कोषाध्यक्ष पदाधिकारीमा हुनेछन् ।

टिप्पणीहरू