कानुनमन्त्रीले ल्याए च्यातेर फाल्ने एमाले अध्यक्षको चेतावनी

कानुनमन्त्रीले ल्याए च्यातेर फाल्ने एमाले अध्यक्षको चेतावनी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला बन्दी अनावश्यक कानुन बनाएर हिरो बन्न खोजेको आरोप लगाउनुभएको छ । उहाँले सरकारले ल्याउन खोजेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा आपत्ति जनाउँदै उक्त आरोप लगाउनुभएको बताइन्छ ।

हिजो राजधानीमा आयोजित एमाले प्रवेश कार्यक्रममा बोल्दै उहाँले सत्य निरुपणसम्बन्धी विधेयकमाथि आपत्ति जनाउनुभएको हो । ओलीले भन्नुभयो, ‘कानुनमन्त्रीले हिरो हुने नाममा पीडितहरुमाथि दमन गरेर ल्याउन खोजिएको विधेयकमाथि हाम्रो समर्थन हुने छैन । जबर्जस्ती ल्याइए च्यातेर फालिने छ ।’

हिजै अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोकका माओवादी नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नेपालले जारी गरेको नक्साको सन्दर्भ पनि उठाउनुभएको छ । उहाँले उक्त नक्सा भारतलाई मन नपरेको उल्लेख गर्दै भन्नुभयो, ‘भारतलाई मन पर्छ कि पर्दैन होइन, मन पर्नैपर्छ, जमिन पनि फिर्ता गरिनेछ ।’

टिप्पणीहरू