केपी ओली नै प्रधानमन्त्री बन्ने कमल थापाको दावी

केपी ओली नै प्रधानमन्त्री बन्ने कमल थापाको दावी

आगामी निर्वाचनको निम्ति राजनीतिक दलहरुबीच तीव्र ध्रुवीकरण बढेको छ । हालसम्म विपक्षमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारमा आवद्ध राजनीतिक दलहरुबीचको गठबन्धनमा सामेल हुने धारणा राख्दै आएको छ ।

सोही क्रममा उक्त पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले राजविराजमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको जानकारी दिएका छन् । उनले भने, ‘सबै पक्षलाई ध्यानमा राख्दा सत्तारुढ गठबन्धनसँगै चुनाव तालमेल गर्ने सम्भावना प्रवल छ ।’

उता,राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी चुनावमा नेकपा एमालेसँग तालमेल गर्न आफ्नो दल इच्छुक रहेको जानकारी दिएका छन् । उनले हिजो राजधानीमा बोल्दै भने, ‘आगामी प्रधानमन्त्रीका उम्मेदवार केपी शर्मा ओली र शेरबहादुर देउवा नै हुन् । ती दुई उम्मेदवारमध्ये पनि जनताले ओलीलाई नै छान्ने छन् ।’

टिप्पणीहरू