कैद भुक्तान गरिरहेका युवकको मृत्यु

कैद भुक्तान गरिरहेका युवकको मृत्यु

जिल्ला कारागार अछाममा कैद भुक्तान गरिरहेका एक कैदीको ज्यान गएकाे छ । मंगलसेन नगरपालिका–५ का ३५ वर्षीय बेदराज भाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अछामले जनाएको छ ।

भदौ २ गते कारागार चलान भएका भाटलाई ज्वरो आएपछि उपचारका लागि अस्ति सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । उनकाे उपचारकाे क्रममा हिजो मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

जिल्ला अदालत अछामले भाटविरुध्द जबरजस्ती करणी मुद्दामा १० वर्ष ३ महिना ८ दिनको कैद सजायको फैसला सुनाएको थियो ।

टिप्पणीहरू