एमालेले संसद बैठक एक हप्ता धकेल्न लगायो

एमालेले संसद बैठक एक हप्ता धकेल्न लगायो

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विशेष आग्रहमा प्रतिनिधिसभाको बैठक एक हप्ता पर धकेलिएको छ । भदौ १२ गतेसम्म स्थायी र केन्द्रीय कमिटी बैठकलगायत विभिन्न कार्यक्रम रहेको कारण देखाउँदै एमालेले सभामुखसमक्ष बैठक पर सार्न आग्रह गरेको थियो ।

एक हप्ताको लागि स्थगित प्रतिनिधि सभाको बैठक यही भदौ १३ गते बिहान ११ बजे बस्ने भनिएको छ । एमालेको आज स्थायी कमिटी बैठक बस्दै छ भने पर्सि पोलिटव्यूरो बैठक बोलाइएको छ । त्यसै गरी १० र ११ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । १२ गते पार्टीको निर्वाचन परिचालन कमिटीको बैठक राखेको छ।

यसअघि पनि एमालेले पार्टीका नेताहरूको कार्य व्यस्तताका कारण बैठकमा उपस्थित हुन नसक्ने भन्दै बैठक स्थगित गर्न गरिएको आग्रहअनुसार संसद् बैठक ५ दिनको लागि स्थगित गरिएको थियो ।

टिप्पणीहरू