आगामी निर्वाचनमा धेरै सीट जित्न एमालेको बिशेष भेला

आगामी निर्वाचनमा धेरै सीट जित्न एमालेको बिशेष भेला

ललितपुर महानगरपालिका वडा नम्बर ९ च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन लक्षित बैठक शुरु भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा चुनावी रणनीति,घोषणा पत्रलगायतवारे छलफल गर्न केही बेर अघिदेखि बैठक बसेको हो । बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुवासचन्द्र नेम्वाङ, सुरेन्द्रप्रसाद पाण्डेलगायतले उपस्थिति जनाएका छन् ।

त्यस्तै,महासचिव शंकर पोखरेल,उपमहासचिव प्रदिप ज्ञवाली, विष्णुप्रसाद रिमाल र सचिव टोपबहादुर रायमाझी,लेखराज भट्ट,गोकर्ण बिष्ट, योगेश भट्टराई, रघुवीर महासेठ ,छविलाल विश्वकर्मा ,पद्माकुमारी अर्यालको पनि सहभागिता रहेको छ ।

स्थायी कमिटी सदस्य गुरुप्रसाद बराल,देवराज घिमिरे,किरण गुरुङ, लालबाबु पण्डित, खगराज अधिकारी, काशीनाथ अधिकारी, रघुजी पन्त,कृष्णगोपाल श्रेष्ठ,भानुभक्त ढकाल, मणिचन्द्र थापा, अग्निप्रसाद खरेल पनि बैठकमा देखिएका छन् ।

डा. राजन भट्टराई, सीताकुमारी पौडेल, गोरखबहादुर बोगटी, कर्णबहादुर थापा, थममाया थापा, डा. शिवमाया तुम्बाहाङफेलगायत अन्य तीन दर्जन नेताहरु बैठकमा सहभागी भएको देखिएको छ ।

टिप्पणीहरू