माननीयको सिट लिन-दिन आज पनि गठबन्धनका अध्यक्षहरु बालुवाटारतिरै

माननीयको सिट लिन-दिन आज पनि गठबन्धनका अध्यक्षहरु बालुवाटारतिरै

सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक आज पनि बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे सिट बाँडफाँडको टुङ्गो लगाउन बैठक बस्न लागेको हो ।

बैठकले सिट भागबण्डाको विषयलाई लगभग अन्तिम रूप दिने बताइएको छ । काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठित कार्यदलले सिट बाँडफाँडका सन्दर्भमा कुनै पनि ठोस प्रस्ताव तयार पार्न नसकेको अवस्थामा यसको सम्पूर्ण जिम्मा शीर्ष नेताले लिएका छन् ।

शीर्ष तहबाट सहमति भएपश्चात निर्वाचन क्षेत्रको बाँडफाँड हुने बताइएको छ । बैठकले डाक्टर बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानलाई समेत गठबन्धनमा समेट्ने तयारी रहेको बुझिएको छ ।

गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सामेल हुन सकारात्मक देखिएको छ। यस विषयमा पनि छलफल हुने छ ।

टिप्पणीहरू