वीरगन्जनेर जसपाका पूर्व गाउँपालिका अध्यक्ष आज एमालेमा प्रवेश

वीरगन्जनेर जसपाका पूर्व गाउँपालिका अध्यक्ष आज एमालेमा प्रवेश

विन्दवासिनी गाउँपालिका पर्साका पूर्व अध्यक्ष श्रीलाल साह नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । आज एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा उनलाई अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने बताइएको छ ।

जनता समाजवादी पार्टी (जसपा) को नेतासमेत रहेका शाहले करिब ९० जना कार्यकर्ता सहित एमाले प्रवेश गर्न लागेका हुन् । ०७४ सालको स्थानीय तह निर्वाचनमा मधेसी जनअधिकार फोरमबाट उठेका थिए ।

पार्टी एकता र विभाजनको शृङ्खला चलिरहँदा उनी उपेन्द्र यादव नेतृत्वमा रहेको जसपामै रहेका थिए ।

टिप्पणीहरू