भदौ १५ भित्र सिटको भागबण्डा मिल्ने

भदौ १५ भित्र सिटको भागबण्डा मिल्ने

नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणि खनालले भदौ १५ गतेसम्म पाँच दलीय गठबन्धनमा सिट बाँडफाँटको टुङ्गो लागिसक्ने बताएका छन् । आज प्रेस सेन्टरले अर्घाखाँचीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले स्थानीय निर्वाचनको परिणामका आधारमा सिट भागबण्डा मिल्नेसमेत दावी गरे ।

सचिव खनालले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच निर्वाचनपछि पार्टी एकता हुनेसमेत बताएका छन् । ‘निर्वाचनअघि संयोजन समिति बनाएर गठबन्धन गरेर नै जाने र निर्वाचनपछि पार्टी एकता गर्ने सहमति भएको छ । चुनावलगत्तै एउटा पार्टी बन्नेछ,’ उनले भने ।

संविधान र गणतन्त्रको रक्षा तथा स्थायित्वका लागि अहिलेको गठबन्धन बनेको उल्लेख गर्दै खनालले आगामी दिनमा एमाले बाहेकका वामपन्थी शक्तिहरूसँग पार्टी एकताको सम्भावना रहेको र त्यसका लागि छलफल भइरहेको बताए ।

टिप्पणीहरू