वाइसिएलको जम्बो टोली पेरिसडाँडामै बस्ने

वाइसिएलको जम्बो टोली पेरिसडाँडामै बस्ने

सत्तारुढ नेकपा (माओवादी केन्द्र)को युवा सङ्गठन याेङ कम्युनिष्ट लिग (वाइसीएल)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले भोली शपथ लिने भएका छन् ।

नवनिर्वाचित महासचिव गणेश शाहीले पार्टी मुख्यालय पेरिसडाँडामा भोलि शपथ ग्रहण कार्यक्रममा आयोजना गरेको जानकारी दिँदै उपस्थित हुन् पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई सूचित गरेका छन् ।

वाइसिएलको हिजो सम्पन्न दोस्रो राष्ट्रिय भेलाले ६१ जनाको जम्बो पदाधिकारी चयन गरेको थियो । चार दिन लामो राष्ट्रिय भेलाबाट सुबोध श्रीपालीको अध्यक्षतामा ६१ जनाको पदाधिकारी र ३ सय ५१ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको हो ।

जम्बो पदाधिकारी चयन गर्ने राष्ट्रिय भेलाको निर्णयको आलोचना गर्दै वाइसिएलकै कतिपयले बैठक बस्न पार्टी प्यालेस खोज्नुपर्ने भनि व्यंग गरिरहेका बेला शपथ ग्रहण कार्यक्रम पार्टी मुख्यालयमै राखिएको हो ।

टिप्पणीहरू