बाँडफाँट गर्न पाँचदलीय गठबन्धन ३ बजे बालुवाटारमा

बाँडफाँट गर्न पाँचदलीय गठबन्धन ३ बजे बालुवाटारमा

सत्तारुढ गठबन्धनको बैठक अहिले दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । सिट बाँडफाँटको विषयमा छलफल गर्नको लागि बैठक बोलाइएको बताइएको छ ।

सिट बाँडफाँटको लागि काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा बनेको कार्यदलले आफ्नो जिम्मेवारी पुरा गर्न नसकेपछि यसको सम्पूर्ण जिम्मा शीर्ष नेतृत्वलाई नै दिइएको हो । सोहीअनुसार आज बैठक बोलाइएको बुझिएको छन।

मङ्सिर ४ गते हुने भनिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलवीच सिट बाँडफाँट गरेर जान कुन दललाई कति सिट दिने भन्ने विषयमा दलहरूवीच सहमति जुट्न सकेको छैन ।

नेपाली काँग्रेस आफूले धेरै सिट राखेर एकल बहुमतको पक्षमा देखिन्छ भने गठबन्धनमा रहेका अन्य दल जतिसक्दो सिट सङ्ख्या बढाउने दाउमा रहेका छन् ।

टिप्पणीहरू