सभामुखको जिल्लाका माओवादी नेताले एमाले रोज्दै

सभामुखको जिल्लाका माओवादी नेताले एमाले रोज्दै

सभामुख अग्निप्रसाद सापकोटाको गृहजिल्ला सिन्धुपाल्चोकका एक जना माओवादी पूर्वजनप्रतिनिधिले एमाले रोज्ने निर्णय गरेका छन् । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा २०७४ को निर्वाचनमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा निर्वाचित अमानसिंह तामाङले एमाले रोजेको बताइन्छ ।

माओवादीको सिन्धुपाल्चोक कमिटीमा परिवारवाद हावी भएको, पार्टीले उचित मूल्याङ्कन नगरेको भन्दै तामाङले नेकपा एमाले प्रवेश गर्ने तयारी गरेको स्रोतको दाबी छ ।

अमानसिंह मेयर रहेको चौतारा साँगाचोकगढी नगरपालिकामा गत स्थानीय तह निर्वाचनमा मेयर सापकोटाका भाइ कृष्णप्रसाद सापकोटा विजयी भएका छन् ।

टिप्पणीहरू