घरमा जोतियो जीप,बालक घाइते

घरमा जोतियो जीप,बालक घाइते

धादिङबेसीस्थित शान्तबजारमा स्कोर्पियो जीपको ठक्करले घरको पिल्लर भाँचिएको छ । ठक्करबाट एक जना बालक घाइते भएका छन् ।

बागमती प्रदेश ०१–२६ च १०६३ नम्बरको स्कोरपियोले बाटोमा हिंडिरहेका बालकलाई ठक्कर दिएर घरको पिल्लरमा ठोक्किन पुगेको हो । घाइते हुनेमा नीलकण्ठ नगरपालिका वडा नम्बर ८ बस्ने विष्णुकमार श्रेष्ठका ११ वर्षीय छोरा मनिष रहेका छन् ।

घाइते बालकको टाउकोमा चोट लागेको छ । जिल्ला अस्पताल धादिङबेशीमा सामान्य उपचारपछि काठमाण्डौं लगिएको जिल्ला प्रहरी कार्यालय धादिङका निरिक्षक रमेश थापाले जानकारी दिए । ठक्कर दिने स्कोरपियो र चालक प्रहरीको नियन्त्रणमा छन् ।

टिप्पणीहरू