प्रधानमन्त्री देउवा र प्रतिपक्षी दलका अध्यक्ष ओली एकैचोटि आर्यघाटमा,गिरीको अन्तिम बिदाइ

प्रधानमन्त्री देउवा र प्रतिपक्षी दलका अध्यक्ष ओली एकैचोटि आर्यघाटमा,गिरीको अन्तिम बिदाइ

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली काँग्रेसका दिवङ्गत नेता प्रदीप गिरीलाई श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुग्नु भएको छ। काँग्रेसको पार्टी कार्यालयमा राखिएको श्रध्दाञ्जली कार्यक्रममा नगएका ओली आर्यघाट पुग्नु भएको हो।

गए राति दिवङ्गत हुनुभएका गिरीको पार्टी कार्यालय सानेपाबाट शव यात्रा गरिएको थियो । उहाँको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कारको काम भइरहेको छ ।

गिरीलाई अन्तिम श्रध्दाञ्जली दिन काँग्रेससहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता पशुपति आर्यघाटमा जम्मा भएका छन् । घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरीको गए राति साढे ९ बजे मेडिसिटी हस्पिटलमा निधन भएको हो ।

टिप्पणीहरू