बाढीका कारण भारतमा ३२ बिते, दर्जनबढी बेपत्ता

बाढीका कारण भारतमा ३२ बिते, दर्जनबढी बेपत्ता

अस्तिदेखिको अविरल वर्षाका कारण भारतका विभिन्न राज्यमा बाढी पहिरोले धनजनको क्षति भएको छ । हिमाचल प्रदेश, झारखण्ड, ओडिसा र उत्तराखण्डलगायत धेरै राज्यमा आएको बाढीमा ३२ जनाको ज्यान गएको छ ।

हिमाचलमा मात्रै बाढी र पहिरोमा परेर एकै परिवारका आठ जनासहित कम्तीमा २२ जनाको मृत्यु भएको बताइएको छ । सोही राज्यमा बाढीका कारण छ जना बेपत्ता भएका छन् ।

त्यस्तै उत्तराखण्डमा चार जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता छन् । नदीले पुलहरू बगाएपछि सडक यातायात ठप्प भएको छ । हजारौँ स्थानीय विस्थापित भएका छन् ।

वर्षौंदेखि बाढीले असर पारेको ओडिसाका पाँच सय गाउँका चार लाख गाउँले यस पटक पनि प्रभावित भएका छन् ।

टिप्पणीहरू