माओवादीका अस्थायी पदाधिकारीहरु

माओवादीका अस्थायी पदाधिकारीहरु

नेकपा माओवादी केन्द्रले आज आफ्नो पदाधिकारी छिनोफानो गरेको छ । तर, छानिएका पदाधिकारी आगामी विशेष महाधिवेशनसम्मका लागि भएको बताइएको छ । पटक पटक स्थगित हुँदै आएको आजको स्थायी समिति बैठकले अस्थायी पदाधिकारी छानेको जानकारी दिइएको छ । विशेष महाधिवेशनबारे नेतृत्वले अहिले नै मिति तोक्न सकेको छैन ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गर्नुभएको २१ नाम प्रस्ताव पारित भएपछि पदाधिकारी छनौटको बाटो खुलेको बताइन्छ । सर्वाधिक चासो र तानातान भएको महासचिव पदमा रामबहादुर थापा “बादल” को साथ उहिल्यै छाडेका वीचवाले देव गुरुङलाई छानिएको छ । अर्थमन्त्री जनार्दन शर्मा र पूर्वमन्त्री वर्षमान पुन महासचिवको सर्वाधिक दाबेदार थिए ।

आज अनुमोदित पदाधिकारीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र उपाध्यक्षमा कृष्णबहादुर महरा रहेका छन् ।
उपमहासचिवमा वर्षमान पुन,पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत,मातृका यादव र हरिबोल गजुरेललाई राखिएको छ ।

सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल,देवेन्द्र पौडेल,लीलामणि पोखरेल,गणेश साह, हितमान शाक्य,हितराज पाण्डे,डिलाराम आचार्य र राम कार्की छन् ।
कोषाध्यक्षमा श्रीराम ढकाल ‘प्रशान्त’ अध्यक्षको रोजाइमा परेको बताइन्छ ।

टिप्पणीहरू