प्रहरीको संरक्षणमा भारतीय माछाको तस्करी, गौंडा गौंडामा सुरक्षाकर्मीको सेटिङ (अपडेट)

प्रहरीको संरक्षणमा भारतीय माछाको तस्करी, गौंडा गौंडामा सुरक्षाकर्मीको सेटिङ (अपडेट)

सुरक्षाकर्मीका संरक्षण र सेटिङमा भारतीय माछा तस्करीको पछिल्लो प्रमाण प्राप्त भएको छ । नवलपरासी हुँदै रातको समयमा ल्याइने ती माछा बोकेका गाडी बर्दघाटबाट आज साँझ साढे ६ बजे काठमाडौंको लागि प्रस्थान गरेको छ ।

ती माछा बोकेका सवारी साधन चितवन र धादिङ हुँदै भोलि बिहानसम्म काठमाडौंमा आइपुग्ने बताइन्छ । लु. २ च २९ र लु. २ च १७२९ दुई वटा पिकअपमा भारतीय माछा हालेर ल्याइएको हो ।

जनआस्थाले आजै साँझ ‘प्रहरीको संरक्षणमा भारतीय माछाको तस्करी, गौंडा गौंडामा सुरक्षाकर्मीको सेटिङ’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

काठमाडौदेखि नजिकको भारतीय सीमाना परासी पर्ने भएकाले पनि तस्कर तथा व्यापारीहरुले सो क्षेत्रको भुजहा नाकाबाट यसको खुलमखुल्ला कारोबार गरिरहेका हुन् । पछिल्लो छ महिनादेखि माछा तस्करी मौलाएको बताइन्छ ।

टिप्पणीहरू