पुरानोतिरको यात्रा

पुरानोतिरको यात्रा

बाबुराम भट्टराई पुरानै पार्टीतिर लाग्नुभयो । हुन त उहाँ नयाँ शक्तिको नेता हुनुहुन्छ । तर नेता नयाँ शक्तिको भए पनि पार्टीचाहिँ पुरानै चाहिने अवस्था सिर्जना भएको छ । उहाँ पुरानै पार्टीमा लाग्नुभयो (अहिले आधा लाग्नुभएको छ, आधा चुनावपछि लाग्नुहोला ।)

उता राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाउन पुरानै व्यवस्था र पुरानै राजाको नजिर सापटी लिनुभएको छ । नजिरको लागि उहाँ पनि पुरानैतिर फर्कनुभएको छ ।

अर्कोतिर वैकल्पिक शक्ति भनेर अगाडि आएका रविन्द्र मिश्र पनि पुरानै राजतन्त्रतिर फर्कनुभएको छ । उहाँ नयाँ नेता भएपछि पुरानै राजतन्त्र, पुरानै हिन्दू राष्ट्र र पुरानै एकात्मक व्यवस्थाको पक्षतिर लाग्नुभएको छ ।

आखिर नेपाली राजनीतिको यो पुरानोतिरको यात्रा कहिलेसम्म रहने हो ? पुरानो पुरानोतिर जाँदा जाँदा अझ कति पुरानोसम्म पुग्ने हो ? पञ्चायतकालसम्म त पुगि नै सकियो । अझ त्यहाँबाट पनि बढेर राणाकालसम्मै पुग्ने पो हो कि ? त्यसपछि मात्रै हामी पूर्ण हो कि ?

टिप्पणीहरू