राजाबाट सिकौं

राजाबाट सिकौं न

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गर्नुभयो । वास्तवमा फिर्ता हुने निश्चित पनि थियो । किनभने त्यो विधेयक भनेको खड्ग ओलीले पठाएको कुनै अध्यादेश त होइन नि जसलाई मध्यराति उठेर भए पनि पास गर्नु परोस् । त्यो त शेरबहादुर देउवाले पठाएको विधेयक हो ।

शेरबहादुर देउवाको विधेयक राष्ट्रपति विद्या भण्डारीले किन पास गर्ने ? के भण्डारी शेरबहादुरले बनाएको राष्ट्रपति हो ? भण्डारीलाई त खड्ग ओलीले बनाएको हो । खड्ग ओलीले बनाएको राष्ट्रपतिले शेरबहादुर देउवाको विधेयक किन पास गर्छ ? यो त स्वाभाविक कुरा हो ।

नागरिकता विधेयक पास गर्न नहुनुका धेरै कारण छन् । पहिलो कारण त राजा वीरेन्द्रले पनि यसलाई पास गरेका थिएनन् । पञ्चायती व्यवस्था त यस्तो विधेयकको पूरै खिलाफमा थियो । जुन काम राजाले त गरेनन्, त्यस्तो काम राष्ट्रपतिले गर्न मिल्छ ? पञ्चायतले नगरेको काम गणतन्त्रले गर्न मिल्छ ? त्यो पनि त सोच्न प¥यो नि, परेन ?के हामी सार्वभौम जनताले राजाबाट सिक्नु पर्दैन ? यही हो राष्ट्रपतिको तर्क । कुरो त बुझ्नुभो होला नि सभामुख महोदय !

टिप्पणीहरू