बिदेशबाट नेपालीलाई यसरी ल्याइँदै

बिदेशबाट नेपालीलाई यसरी ल्याइँदै

त्यसरी बस्नेलाई कति रुपैयाँमा के–के खान दिने ? सरकारी दर छ, प्रतिव्यक्ति १ सय ७५ रुपैयाँमा चार छाक खान दिने । तर, यो मूल्यलाई वर्तमान बजार व्यवस्थाले धान्न सक्दैन । भोजनालयले एक छाक सादा खानालाई १ सयदेखि २ सयसम्म, मासुभात २ सय ५० देखि ३ सय ५० सम्ममा खुवाउँछन् । कतिपय थकाली भान्साघरले त छाककै ५ सयसम्म लिने गरेका छन् ।

अबको हप्ता–दश दिनपछि कोरोना संक्रमणबाट न्यूनप्रभावित क्षेत्रको हकमा लकडाउनको मोडालिटीलाई केही सहजता दिदै विदेशमा रहेका नेपालीलाई फर्काइने भएको छ ।

नेपाली सेनाले प्रधानमन्त्री तहमा गरेको ब्रिफिङअनुसार,काठमाडौंस्थित एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्येक दिन विदेशबाट आउने १० वटासम्म जहाजबाट २ हजारदेखि २५ सयसम्म नेपाली अवतरण हुनेछन् ।

मध्यपूर्व (खाडी) बाट मात्रै २५ हजारलाई भित्र्याउने योजना सेनाले सुनाएको छ ।

तर,समस्या छ,त्यसरी आउने मानिसहरुको व्यवस्थापनमा ।

हालसम्म तय भएको योजनाअनुसार,सेनाले सम्हाल्ने गरी काठमाडौं विमानस्थलमा एउटा होल्डिङ क्षेत्र तोकिन्छ ।

आइपुगेका यात्रु कुन प्रदेशका हुन् भन्ने कुरा उनीहरुले फर्म भर्नुपर्ने ठाउँमै पत्ता लागिहाल्छ ।

त्यसपछि जुन प्रदेशका हुन्,उनीहरुलाई कि काठमाण्डौको होटल नभए सीधै त्यही प्रदेशका मान्छे राखिने होल्डिङ क्षेत्रमा लगिन्छ ।

अनि,उनीहरुको जिम्मा सम्बन्धित प्रदेशले नै लिन्छ । अर्थात्, कुन क्यारेन्टाइनमा राख्ने, कसरी लैजाने भन्ने कुरा सम्बन्धित प्रदेशको जिम्मा हुने छ ।

यो योजना अबको हप्ता–दश दिनमै कार्यान्वयन हुन्छ । र, अर्को हप्ता–दश दिनमा काम सक्ने योजना छ ।

को–को आउँदैछन् ?

यसरी विदेशबाट ल्याइने मानिसहरुको मापदण्ड पनि तय भएको छ । विदेश घुम्न जाँदा वा क्वारेन्टाइनका कारणले उतै फसेका, नेपालमा आमाबुबा वा नजिकका आफन्त बितेका, सुत्केरी, गर्भवती अवस्थामा रहेका,पढ्न जाँदा फसेकाहरुलाई प्राथमिकतामा राखिएको छ । यससँगै, अत्यावश्यक उपचारमा गएकाहरु पनि पहिलो लटमा फर्काइनेछन् ।

यसरी फर्किन चाहनेहरुलाई विभिन्न देशस्थित नेपाली दूतावासले फर्म भराउने काम थालिसकेको छ ।

त्यसमध्ये जनआस्थालाई प्राप्त जापानको एउटा फर्म छ ।

दूतावासको वेभसाइटमा विवरण अद्यावधिक गर्न भनिएको छ ।

स्वदेश अवतरण भएपछि १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने, जहाज खर्च र नेपालमा बस्ने-खाने खर्च आफ्नै हुने छ ।

विदेशबाट उड्नुअघि कोरोना परीक्षण गरेको हुनुपर्ने, क्वारेन्टाइनमा नेपालको स्वास्थ्य मन्त्रालयको प्रोटोकलभित्र बस्नुपर्ने,अन्यथा संक्रामक रोग ऐन २०२० अनुसार सजायँ हुने कुरा त्यसमा उल्लेख  छ ।

खानपानको समस्या

तर,समस्या छ त्यसरी बस्ने मानिसलाई कति रुपैयाँमा के–के खान दिने ? सरकारी दर छ,प्रतिव्यक्ति १ सय ७५ रुपैयाँमा चार छाक खान दिने । तर, यो मूल्यलाई वर्तमान बजार व्यवस्थाले धान्न सक्दैन । सामान्य अवस्थामा काठमाडौंमा खुल्ने भोजनालयले एक छाक सादा खानालाई १ सयदेखि २ सयसम्म, मासुभात २ सय ५० देखि ३ सय ५० सम्ममा खुवाउँछन् । कतिपय थकाली भान्साघरले त छाककै ५ सयसम्म लिने गरेका छन् । तर, क्वारेन्टाइनका लागि तोकिएको सरकारी दरमा खाना खुवाउने क्याटरिङ, होटल वा कुनै त्यस्तो समूह पाउने सम्भावना शून्यप्रायः छ ।

सेनाको यस्तो ब्रिफिङपछि सरकारी निकायहरुले सम्भाव्यता अध्ययन गर्दैछन् ।

काठमाडौंका होटलमा प्रतिकोठा दुई जनाका दरले साढे १२ हजार होटल कोठा चाहिने भयो ।

पाँचतारेको धोका, पर्यटनको तयारी

तत्काल आउने २५ हजार नेपालीका लागि पाँचतारे होटलमा राख्ने योजना थियो । तर, उनीहरुलाई राख्दा ती होटलले गर्ने आम्दानीबाट दैनिक अकुपेन्सी (खर्चभार) धान्न नसक्ने भएपछि उनीहरु यो मामिलाबाट पन्छिएका छन् ।
यसपछि विदेशबाट फर्किनेका लागि काठमाडौंका होटलमा प्रतिकोठा दुई जनाका दरले साढे १२ हजार होटल कोठा चाहिने भयो । यो जिम्मा छ,पर्यटन मन्त्रालयलाई ।

किनभने, अहिले फर्किने नेपालीलाई काठमाडौं उतारेर उनीहरुको गाउँ–घरमा झट्टै पुर्‍याउने स्थिति छैन । भारतको जस्तो रेकर्डबिना ल्याउन सक्ने अवस्था पनि होइन । हाम्रो एकमात्र विमानस्थल छ । यसकारण आएका मान्छे कहाँका हुन् भन्ने कुराको पहिचान तत्कालै गर्ने बाध्यता छ ।

यता, काठमाडौंका पाँचतारे होटल यो कामबाट पन्छिएपछि पर्यटन मन्त्रालयले विकल्प पाएको छ ।

काठमाडौंमा दुई र तीनतारे होटल प्रशस्तै छन् । तीस्तरको सुविधा दिने, तर करको भारका कारण सरकारी अभिलेखमा दर्ज नभएका अरु थुप्रै होटल छन् । ‘ओयो’ च्यानलका होटलहरु प्रायः त्यस्ता हुन्छन् । कतिपय, आन्तरिक पर्यटक केन्द्रित रिसोर्टहरु छन् (घण्टेबाहेकका) । अहिले पर्यटन विभाग र पर्यटन बोर्डका टोलीहरु ती होटल र रिसोर्टहरुको पहिचानमा सक्रिय छन् ।

पैसाको बेटुंगो

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले अहिलेसम्म ७ सय कोठाको टुंगो लागिसकेको बताए ।

‘हामीलाई दिनको २ हजारका दरले तीन छाक खुवाउने गरी टुंगो लगाउनु भनिएको थियो’, उनले भने, ‘हामी त्यहीअनुसार लागि परेका छौँ ।’

होटल एसोसिएसन अफ नेपाल (हान) ले २ हजारमा खुवाउन नसक्ने बताइसकेको छ । त्यसपछि पर्यटन बोर्डले होटल महासंघसँग समन्वय गर्‍यो । त्यहीमार्फत हो, ७ सय कोठाको टुंगो लागेको । त्यसमध्ये सय कोठा अहिल्यै अक्युपाइड (भरिएको) छ । त्यहाँ स्वास्थ्यकर्मीहरुलाई राखिएको डा.रेग्मीले बताए ।

व्यवस्थापन भद्रगोल

उक्त रकमचाहिँ विदेशबाट आउने र त्यहाँ बस्ने व्यक्तिले नै तिर्नुपर्ने छ । तर, त्यहाँ बसेको अवधीमा गरिने स्वास्थ्य परीक्षणका लागि लाग्ने खर्चबारे के गर्ने भन्ने अझै टुंगो लागेको छैन ।

विदेशबाट फर्किएका भए पनि नेपाली न हुन्, कत्तिको अनुशासित भएर क्वारेन्टाइनमा बस्लान् भन्ने चिन्ता अर्कोतिर छ । पराग, सिगरेट र मदिरा खोज्ने नाममा उनीहरु क्वारेन्टाइनबाट निस्कन चाहेमा कसले नियन्त्रण गर्ने ? यस्ता कुराको टुंगो लागेको छैन ।

उनीहरुले ल्याएको लगेज व्यवस्थापन कसरी गर्ने ? पाहुनाको सेवामा जुट्ने होटलका कर्मचारी,भान्सेलाई सुरक्षित पार्न कति–कति थान पिपिई दिने ?

यस्ता कुरा अझै टुंगो लागेका छैनन् ।

पराग, सिगरेट र मदिरा खोज्ने नाममा उनीहरु क्वारेन्टाइनबाट निस्कन चाहेमा कसले नियन्त्रण गर्ने ? यस्ता कुराको टुंगो लागेको छैन ।

टिप्पणीहरू