लाश देख्दा सबै भागाभाग

लाश देख्दा सबै भागाभाग

सबभन्दा जटिलता छ, शव व्यवस्थापनमा ।

मान्छे अरु नै कारणले मरे पनि शव छुन कोही तयार छैनन् । जबकि, अस्पतालमा मानिसको निधन भएपछि शवलाई गेट बाहिरसम्म ल्याउने र कानुनी प्रक्रिया पूरा नहुञ्जेल शव राख्नुपर्ने अस्पतालले हो । तर,उनीहरु पिपिईको अभाव देखाउँदै पन्छिने गरेका छन् ।

हत्तपत्त एम्बुलेन्स पाइँदैन,पाइए पनि पिपिईको अभाव छ ।

अनि,दुःख पाउँछन्, सुरक्षा निकायले ।

गुल्मी,बुटवल,बनेपा र दैलेखको दुल्लुसम्म त्यही भयो,बिरामीको निधन भयो । लगेर पुर्नेदेखि डढाउनेसम्म शवको जिम्मा सेनाले वहन गर्नुपर्‍यो ।

काभ्रेमा निधन भएकी सिन्धुपाल्चोककी सुत्केरी पशुपति ल्याउन भक्तपुरमा कृयाशील १५ जनाको स्वयंसेवक टोलीसङ्गै सेनाको राजदल र वीर दल गण सक्रिय भए ।

किष्ट अस्पतालमा निधन भएका कोरोना संक्रमितको शव उठाउन पनि राजदल गण नै गयो ।

त्यसमाथि सेनाको कुरा सुन्दै नसुनी सरकारले शव व्यवस्थापनको जिम्मेवारी दिएको छ । यसमा सैनिक नेतृत्व र सरकारबीच अझै कुरा मिल्न सकेको छैन ।

टिप्पणीहरू