प्रधानमन्त्री नै लागुपदार्थ सेवन गरेर लठ्ठिएपछि…

प्रधानमन्त्री नै लागुपदार्थ सेवन गरेर लठ्ठिएपछि…

फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिन विवादमा तानिएकी छन् । विश्वमा सबैभन्दा सानो उमेरमा प्रधानमन्त्री बनेकी उनी एउटा भिडियोमा नशाले लट्ठ भएको देखिएपछि विवाद भएको बताइन्छ । उक्त भिडियोका आधारमा विपक्षी दलले उनलाई लागुपदार्थ सेवन गरेको आरोप लगाएको छ ।

३६ वर्षीया प्रधानमन्त्री मरिनले उक्त आरोपको खण्डन गरेकी छन् । उनले फिनिस टेलिभिजन वाईएलईसँगको अन्तर्वार्तामा उक्त भिडियो बाहिरिएला भन्ने आफूले नसोचेको बताउँदै आफूले मदिरा सेवन गरेको स्वीकारेकी छन् ।

आफ्ना विरोधीहरूले लागुपदार्थको आरोप लगाएर घटनालाई अतिरञ्जित बनाएको आरोप लगाएकी छन् । मरिनले भनेकी छन्, ‘आफ्ना साथीहरूसँग रमाइलो गर्दा मदिरा पिएको र त्यसलाई विरोधीहरूले अर्कै आरोप लगाउनु गलत भयो ।’

टिप्पणीहरू