आज पनि झापामा डेढ क्विण्टल सुपारी बरामद

आज पनि झापामा डेढ क्विण्टल सुपारी बरामद

प्रहरीले झापाका विभिन्न स्थानबाट अवैध भन्सार छलिका सुपारी र कपडा नियन्त्रणमा लिएको छ । मेचीनगर नगरपालिका, ६ पिङकिठ्याकमा नेपालबाट भारततर्फ अवैध रुपमा लैजाँदै गरिएको सुपारी बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रवक्ता बसन्त पाठकले पिङकिठ्याकबाट भारततर्फ लैजाँदै गरिएको ८५ हजार मूल्य बराबरको एक सय ४० केजी सुपारी नियन्त्रणमा लिइएको जानकारी दिए ।

आजै भद्रपुर नगरपालिका ६, भानुचोकमा भारतबाट अवैध रुपमा लुकाई छिपाई ल्याउँदै गरिएको कपडा पनि बरामद गरिएको छ । उक्त कपडाको मूल्य एक लाख पर्ने प्रहरीले अनुमान गरेको छ ।

बरामद सुपारी र कपडा आवश्यक अनुसन्धानको निम्ति भन्सार कार्यालयमा बुझाइएको बताइएको छ ।

टिप्पणीहरू