२० गतेपछि के हुन्छ ?

२० गतेपछि के हुन्छ ?

काठमाडौं, पहाडी जिल्लासहितका कोरोनाको न्यूनप्रभावित क्षेत्रमा जेठ २० गतेदेखि लकडाउनलाई केही फरक मोडालिटीमा लैजानेबारे छलफल चलेको छ, तर टुंगो लागेको छैन ।

सरकारको शनिबारको निर्णयअनुसार लकडाउन जेठ ३२ गतेसम्म जारी रहने र विमानस्थल असार १६ सम्म बन्द गर्ने भनिएको छ । जेठ ३२ पछि लकडाउन हलुका बनाउने या २० बाटै शुरु गर्ने भन्नेबारे निर्णय भएको छैन ।

लकडाउनलाई हलुका बनाउने नीतिभित्र अत्यावश्यक सेवा सुचारु गर्ने कुरा प्रमुख छ । निर्माण, कृषि, घरेलु उद्योग खोल्न अनुमति दिइने भएको छ । तर, सार्वजनिक यातायात, सिनेमा हल, सपिङ मल, रेष्टुरेण्ट, बार, शैक्षिक संस्था भने बन्द रहने छन् ।

निजी सवारी साधनको हकमा मोटरसाइकलमा एकजनामात्र, चारपांग्रेमा दुई जनासम्मलाई यात्रा अनुमति दिइने भएको छ ।

टिप्पणीहरू