दुर्घटनापछि उपचाररत अनुराधा बितिन्

दुर्घटनापछि उपचाररत अनुराधा बितिन्

सवारी दुर्घटनापछि उपचार गराइरहेकी अनुराधा मेहताको ज्यान गएको छ । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ८ मलेठ बस्ने उनको हिजो बेलुकी ज्यान गएको बताइएको छ ।

गत साउन २७ गते कंकालिनी नगरपालिका ५ जोगिनियास्थित बाँधको बाटो हुँदै भारदहबाट राजविराजतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ प ७६२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

मोटरसाइकलमा पछाडि सवार अनुराधा गम्भीर घाइते भएकी थिइन् । तत्काल उपचारका लागि छिन्नमस्ता ल्याइएकी उनको हिजो बेलुकी निधन भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

टिप्पणीहरू