स्वामीले मोदीलाई दिएको यो सन्देश

स्वामीले मोदीलाई दिएको यो सन्देश

उसले नेपालको संसदबाट सीमासम्बन्धी विधेयकबारे निर्णय नहुञ्जेल कुनै उत्तेजनात्मक अभिव्यक्ति वा वक्तव्य जारी नगर्ने नीति लिएको छ । त्यसबीचमा नेपालसँग कुनै औपचारिक संवाद नगर्ने, नाकाबन्दी वा पारवहन व्यवस्थामा कुनै हेरफेर नगर्ने, मात्रै चूपचाप नेपालका गतिविधि नियाल्ने अर्थात नो डायलग, नो डिस्टर्बेन्स ।

सीमा विवादको विषयमा भारतको अचम्मलाग्दो संयमता देखिन थाल्यो । नेपालका विश्लेषकहरु प्रश्न गर्दैछन्, ‘यस्तो भयो कसरी ?’

अहिले भारतको नीति यस्तो देखिन्छ-यो विषयलाई शान्तपूर्वक अनुगमन गर्ने ।

उसले नेपालको संसदबाट सीमासम्बन्धी विधेयकबारे निर्णय नहुञ्जेल कुनै उत्तेजनात्मक अभिव्यक्ति वा वक्तव्य जारी नगर्ने नीति लिएको छ । त्यसबीचमा नेपालसँग कुनै औपचारिक संवाद नगर्ने,नाकाबन्दी वा पारवहन व्यवस्थामा कुनै हेरफेर नगर्ने,मात्रै चूपचाप नेपालका गतिविधि नियाल्ने अर्थात नो डायलग,नो डिस्टर्बेन्स ।

भारतले यस्तो नीति अबलम्बन गर्नुपूर्वको एउटा ट्वीट स्मरणीय छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीनिकटस्थ नेता सुब्रमण्यम स्वामीले आफ्नो व्यक्तिगत ट्वीटर ह्याण्डलमार्फत आफ्नै प्रधानमन्त्रीलाई खुला रुपमा एउटा सुझाव दिएका छन् ।

उनले विदेश मन्त्रालयका कूटनीतिज्ञहरुलाई नेपाल र नेपाली समकक्षीसँग शान्त,शिष्ट भाषा प्रयोग गर्न प्रधानमन्त्रीले निर्देशन दिनुपर्ने सुझाव दिएका थिए ।

‘नेपालीहरु रगतको नाताले हाम्रा दाजुभाइ हुन् । यदि,नेपालले पीडा महसूस  गर्‍यो भने त्यो राम्रो हुँदैन । उनीहरुको मनोविज्ञानलाई हामीले सम्मान गर्नुपर्छ’, सुब्रमण्यमको भनाइ छ ।

उनले शुक्रबार त्यसरी गरेको ट्वीटलाई ६३ सय ४९ जनाले रिट्वीट गरेका छन् । ३५ हजार पाँच सय जनाले लाइक गरेका छन् ।

यी सुब्रमण्यम उनै व्यक्ति हुन्,जसले ५ वर्ष पहिले नेपालको सम्मानवृद्धिमा खेलेको भूमिका अझै स्मरण गरिन्छ ।

सन् २०१५ मा नेपालको संविधान जारी र भारत–चीनबीच लिपुलेक सम्झौता– यी दुई घटनापछि नेपालले नाकाबन्दी व्यहोर्यो ।

नाकाबन्दीलगत्तै तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०१६ मा गर्नुभएको भारत भ्रमणलाई सफल बनाउन पर्दापछाडिबाट महत्वपूर्ण भूमिका खेल्ने भाजपानिकटका वरिष्ठ नेता यिनै सुब्रमण्यम स्वामी हुन् ।

उनी भारतीय योजना आयोगको सदस्य,बाणिज्य तथा उद्योग एवं न्याय तथा कानुन मन्त्री रहिसकेका व्यक्ति हुन् ।

पहिला लोकसेवाको सदस्य र अहिले भारतको माथिल्लो सदन राज्यसभामा सदस्य छन् ।

त्यसबेला ओली दिल्ली जानुअघि तयारीको सिलसिलामा उनी तीनचोटि नेपाल आए ।

सामान्यतया राष्ट्रप्रमुखको भ्रमणको हकमा राजकीय भ्रमण गराइन्छ । सरकार वा कार्यकारी प्रमुख,अर्थात् प्रधानमन्त्रीको हकमा वर्किङ भिजिट, बिजिनेश भिजिट वा अफिसियल भिजिटलगायतका भ्रमण तय हुन्छन् ।
तर,सुब्रमण्यमको पहलमा प्रम ओलीको त्यो भ्रमणलाई राजकीय,अर्थात् सरकार प्रमुखले गर्नेजस्तै स्टेट भिजिटमा परिणत गरियो  ।

त्यस्तो हुनुमा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री तथा हाल नेकपाका महासचिव विष्णु पौडेलको भूमिका थियो ।

सब्रमण्यम विश्व चर्चित हार्वर्ड युनिभर्सिटीका उत्पादन हुन् । भारतीय राजनीतिक बृत्तमा उनको बोलिको अलग मूल्य रहने गरेको पाइन्छ ।

अहिले पनि उनैले भारतीय प्रधानमन्त्रीलाई त्यस्तो सुझाव दिनु र भारतीय विदेश मन्त्रालयका प्रवक्ताले नरम भाषामा विज्ञप्ति जारी गर्नु शायद सँयोग मात्रै नहुनसक्छ  ।

यसपछि भित्रभित्रै दुई देशबीच अनौपचारिक तहमा सहजिकरणको प्रक्रिया अगाडि बढ्न थालेको बताइन्छ ।

भारतले सीमा मामिलामा नेपाली कांग्रेसको निर्णय पर्खिएको थियो । उसले नक्सा संशोधनको पक्षमा निर्णय गरिसकेपछि अब राजनीतिक आकाशमा लागेको तुवाँलो थोरै भए पनि हट्ने अनुमान छ ।

किनभने, यसबीच धेरैभन्दा धेरै भारतीय जनसमुदाय, प्रबुद्ध वर्ग, राजनीतिज्ञ, पूर्वकूटनीतिकले छिमेकीप्रति भारतीय रवैया राम्रो नभएको भन्दै आएका छन्  ।

तथ्य–प्रमाणहरुले पनि नेपालको हात माथि रहेको देखिएको छ ।

अनि, भारतले भुल्न नहुने मुख्य कुरा हो उसको सीमा रक्षार्थ नेपाली गोर्खालीले दिएको योगदान ।

भर्खरै, जम्मु–कश्मिरमा भारतका तर्फबाट ज्यान गुमाउने योद्धा नेपालकै छोरा थिए ।

यसबीच, चीनसँग भारतीय सीमा विवाद झन् चुलिन लागेको देखिन्छ ।

यसमा चीनले नेपाललाई उक्साएको आरोप भारतले लगाउँदै आएको छ ।

त्यसैले सुब्रमण्यम स्वामीको ट्वीट र अहिले राजनीतिमा क्रमशः देखा परेको ध्रुवीकरण एउटा सुखद् संयोग बन्न पुगेको विश्लेषकहरु बताउँछन् ।

ओली दिल्ली जानुअघि तयारीको सिलसिलामा उनी तीनचोटि नेपाल आए । सामान्यतया प्रधानमन्त्रीको हकमा वर्किङ भिजिट, बिजिनेश भिजिट वा अफिसियल भिजिटलगायतका भ्रमण तय हुन्छन् तर सुब्रमण्यमको पहलमा प्रम ओलीको त्यो भ्रमणलाई राजकीय, अर्थात् सरकार प्रमुखले गर्नेजस्तै स्टेट भिजिटमा परिणत गरियो  ।

टिप्पणीहरू