माओवादी बैठक हिजो तीनचोटी सरेर अहिले बस्दै

माओवादी बैठक हिजो तीनचोटी सरेर अहिले बस्दै

हिजोको लागि तय भएको सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक तीन पटक स्थगित भएपछि आज बिहान ८ बजे बस्दैछ । हिजो बिहान ९ बजेका लागि बोलाइएको बैठक पटक–पटक स्थगित गर्दै आज बिहान ८ बजेका लागि सारिएको थियो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण बिहानको बैठक दिउँसो ३ बजेका लागि तोकिएकोमा प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकसम्बन्धी छलफलका कारण पुनः साँझ ६ बजेसम्मका लागि स्थगित भएको थियो ।

आज बिहान साढे ८ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्नेगरी हिजो साँझको बैठक पनि स्थगित भएको हो ।

माओवादी स्थायी कमिटीमा अध्यक्ष प्रचण्डले पोलिब्युरो, स्थायी कमिटी र पदाधिकारीको नाम प्रस्ताव गर्ने कार्यसूची रहेकाले हिजोदेखि स्थगित हुँदै आएको बैठकलाई सबैले चासोका साथ हेरेका छन् ।

टिप्पणीहरू