सिंहदरबारभित्रै पर्चा बाँडिने, कार्यालयमा कालो तुल टाँगिने

सिंहदरबारभित्रै पर्चा बाँडिने, कार्यालयमा कालो तुल टाँगिने

निजामती सेवामा कार्यरत पाँच राष्ट्रियस्तरका ट्रेड युनियनले थप आन्दोलन गर्ने भएका छन् । संघीय निजामती सेवा ऐन जारीको माग गर्दै आन्दोलनरत ट्रेड युनियनले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

नेपाल कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेल, राष्ट्रिय कर्मचारी संगठन निजामतीका अध्यक्ष हरिबहादुर रावल, एकीकृत सरकारी कर्मचारी संगठन नेपालका अध्यक्ष मोहनकुमार घिमिरे र नेपाल मधेशी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलन घोषणा गरेका हुन् ।पहिलो चरणमा आफूहरुले उठाएका मागहरु पूरा गर्न सरकार उदासीन भएको उनीहरुको आरोप छ । सरकारका काराण दोस्रो चरणको आन्दोलन गर्न बाध्य भएको बताइएको छ । जसअनुसार आगामी सोमबार सिंहदरबारमा पर्चा वितरण गर्ने कार्यक्रम राखिएको छ ।

मंगलबारदेखि १७ गतेसम्म सबै सरकारी कार्यालयमा कालो ब्यानर झुण्ड्याउने र कर्मचारीहरुले हातमा कालो पट्टी बाँधेर काम गर्ने छन् । उनीहरुले भदौ ९ गते सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाउने बताएका छन् । सोही दिन प्रनिनिधिसभा र राष्ट्रियसभाको नियमित बैठकमा आफ्ना माग उठाइदिन सबै सांसदलाई आग्रह गर्नेछन् ।

टिप्पणीहरू