नागरिकता विधेयकमाथि मतदान : पक्षमा १३५, विपक्षमा ६० सांसद

नागरिकता विधेयकमाथि मतदान : पक्षमा १३५, विपक्षमा ६० सांसद

राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण नगरी संसदमा फिर्ता पठाइएको नागरिकता विधेयकमाथि मत विभाजनको प्रक्रिया हुँदा पक्षमा १३५ र विपक्षमा ६० मत परेको छ ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेका २८ जना सांसदहरुले विधेयकलाई मत विभाजनमा प्रक्रियामा लैजान माग गरेपछि सभामुख अग्नि सापकोटाले उक्त प्रक्रिया अवलम्बन गर्नुभएको हो ।

दोस्रो पटक प्रतिनिधिसभामा निर्णयार्थ पेश भएको विधेयक सत्तापक्षले हुबहु पारित गर्ने तयारी गरेको भन्दै यसअघि एमालेले आपत्ति जनाएको थियो । ध्वनी मतले विधेयक पारित गर्न नमिल्ने भन्दै एमालेले मत विभाजन मागेको हो ।

आज कोही पनि तटस्थ बसेनन् । बैठकमा १९५ जना सांसद उपस्थित थिए ।

यसअघि संघीय संसदका दुबै सदनबाट ध्वनी मतले पारित भएको विधेयक १५ साउनमा सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि शीतल निवास पठाउनुभएको थियो । तर, राष्ट्रपति भण्डारीले विधेयकलाई १५ दिन रोकेर गत आइतबार साँझ सन्देशसहित प्रतिनिधिसभामै फिर्ता पठाउनु भएको थियो ।

टिप्पणीहरू