नागरिकता विधेयकमा एमालेले ध्वनी मत नमान्ने

नागरिकता विधेयकमा एमालेले ध्वनी मत नमान्ने

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रपतिबाट सन्देशसहित नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पुनः पारित गर्दा प्रतिनिधिसभामा मतदान गर्न माग गरेको छ ।

आज दिनभरको छलफलपछि सो विधेयक आजै पारित गर्ने कार्यसूची छ । अहिले गृहमन्त्री बालकृष्ण खाँणले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिइरहनुभएको छ ।

विधेयक पारित गर्ने बेलामा ध्वनी मत नमान्ने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताउनुभएको छ । उहाँले मत विभाजनमा ध्वनी मत नभएर मतदान गरिनुपर्ने मागसमेत गर्नुभयो ।

टिप्पणीहरू