झिवाखोलामा गिँडिएको लास फेला, टाउको खोज्दै प्रहरी

झिवाखोलामा गिँडिएको लास फेला, टाउको खोज्दै प्रहरी

बागलुङको निसीखोला गाउँपालिका–४ झिवाखोलामा टाउको चुडिएको अवस्थामा एक युवाको शव फेला परेको छ । झिवाखोला बजार नजिकै निसीखोला गाउँपालिका–५, कामिडेरा निवासी २४ वर्षीय तुलबहादुर विकको शव फेला परेको प्रहरीले जनाएको छ ।

हिजो नै शव फेला परे पनि टाउको नभएपछि पहिचानमा समस्या भएको थियो । शवको हातमा खोपेको ट्याटुको माध्यमबाट प्रहरीले परिचय खुलाएको बताइन्छ ।

शवको पहिचान भए पनि हालसम्म टाउको फेला नपरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । हत्या गरेर पहिचान लुकाउन टाउको काटेर शव फालेको हुन सक्ने प्रहरीको अनुमान छ ।

टिप्पणीहरू