प्रेस युनियन अध्यक्ष प्रकरण : भिडियो खिच्नेमाथि कारबाहीको माग

प्रेस युनियन अध्यक्ष प्रकरण : भिडियो खिच्नेमाथि कारबाहीको माग

नेपाल प्रेस युनियनले आफन अध्यक्ष शिव लम्सालको भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार गरी दुव्र्यवहार गरिएको आरोप लगाएको छ । अध्यक्ष लम्सालको निजी निवासभित्र पुगेर ट्राफिक प्रहरीले मापसे परीक्षण गर्न खोजेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि आज युनियन महासचिव दिलीप पौडेलले विज्ञप्तिमार्फत् घटना नियोजित भएको बताएका हुन् ।

उनले गत असार ३१ गतेको साँझ ट्राफिक प्रहरीले अध्यक्ष लम्सालमाथि गरेको उक्त दुव्र्यवहारप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । अध्यक्षको नियोजित रुपमा मानमर्दन गर्ने गरी वास्तविक घटनालाई अतिरञ्जित गरेर भ्रम सिर्जना गर्न खोजिएको पौडेलको आरोप छ ।लम्सालको घर नजिक रहेको रेष्टुरेन्ट सञ्चालकको उक्साहटमा ट्राफिक प्रहरी घरमा पुगेर अपमानितपूर्ण व्यवहार गरेको उनको भनाइ छ । महासचिव पौडेलले व्यक्तिगत स्वतन्त्रताको हक हनन गर्दै भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार गर्ने दोषीमाथि छानबिन गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।

‘अध्यक्षको घरमा पुगेर व्यक्तिगत स्वतन्त्रताको हक हनन गर्दै भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार गरी दुव्र्यवहार गरेको घटनाका बारेमा सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीमा ल्याउन सम्बन्धित पक्षसँग युनियन जोडदार माग गर्दछ,’ पौडेलद्वारा विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू